Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने

कैलाली । नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्ला अधिवेशअन्तर्गत आज मनोनयन दर्ता भएकोमा जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो। यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन्। उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन्।

उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।

यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ ।

यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077