Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गठबन्धन जोगाउन एमसीसीको पक्षमा मतदान गर्ने माओवादीको निर्णय

काठमाडौं । गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान पूर्वस्थायी कमिटी सदस्य सम्मिलित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

गठबन्धत भत्किँदा ठूलो क्षति हुने र आगामी तीनै तहका चुनाव एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने निर्णय गरेको नेता पौडेलको भनाइ छ।

यद्यपि पार्टी अध्यक्ष प्रचण्डको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरुले आपत्ति जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077