Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक, एमसीसीबारे 'निर्णायक छलफल' गरिँदै

काठमाडौं । अमेरिकी सहयोग परियोजना कर्पोरेशन च्यालेन्ज (एमसीसी)बारे 'निर्णायक छलफल' गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ।

सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई गठबन्धन जोगाउन (व्याख्यात्मक टिप्पणीसहित) प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् । यता माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

एमसीसी अनुमोदनका लागि यही फागुन ५ गते आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको थियो । तर सत्ता गठबन्धनका नेताहरुबीच एकमत नहुँदा छलफल सुरु हुन सकेको छैन ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077