Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । यसअघि मन्त्रिपरिषदको नियमित बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार बस्दै आएको थियो।

    स्रोतका अनुसार गठबन्धनका दलहरुमा एमसीसी अनुमोदन गर्ने सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले एमसीसीको व्याख्यात्मक टिप्पणीबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बोलाएका हुन्।



    त्यसका लागि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। पहिलो बैठकमा एमसिसीबारे छलफल हुनेछ भने दोस्रो बैठकमा अनुमोदनका लागि पेश गरिनेछ।



    स्रोतका अनुसार आजको प्रतिनिधिसभा बैठकमा एमसीसीबारेको व्याख्यात्मक टिप्पणी सांसदहरूले माग गर्छन्, त्यसपछि मन्त्रिपरिषद बैठक बसेर सांसदले उठाएका प्रश्नका जवाफ सरकारका तर्फबाट संसदमा पेश गरिन्छ। त्यसपछि निर्णयार्थ पेश गरेर आजै एमसिसी पारित गर्ने तयारी छ।

    प्रतिनिधिसभाको पहिलो बैठक बसेर दोस्रो बैठक बस्नुअगाडि मन्त्रिपरिषद बैठक बस्ने तयारी रहेको स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार