Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद् भवनको गेटमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार सोमबार संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला भेटिएको हो।

मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीको भनाइ छ । उनीहरुको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।

अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोग गराइएको छ । सोमबार एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान समेत गरिएको छ।

यसअघि आजै बिहान बनेपा पुल बजार नजिकै नो एमसीसी लेखिएको शंकास्पद बस्तु भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077