Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माल्टा उड्न लागेका ८ जनालाई अध्यागमनले फर्काइदियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले माल्टा जान लागेका ७ जनालाई विमानस्थलबाटै फर्काइदिएको छ ।

अध्यागमन स्रोतका अनुसार आइतबार उनीहरु एयर इण्डियाको जहाजमार्फत् भारतहुँदै माल्टा जान लागेका थिए । श्रम स्वीकृतिसमेत नभएपछि 'शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिइएको स्रोतले अनलाइन नेपाललाई बतायो।

उनीहरु भारत हुँदै माल्टा जान लागेको पाइएपछि शंका लागेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो’, अध्यागमन स्रोतले अनलाइन नेपालसँग भन्यो, ‘ उनीहरुको साथमा श्रम स्वीकृति पनि थिएन।’

अध्यागमनबाट फिर्ता हुनेहरुमा ललितपुरका सुजन तामाङ, धादिङका वीरसिंह तामाङ र मंगले तामाङ,सुनसरीका कुवेर कोइराला, कास्कीका अनुप लामिछाने, लम्जुङका बिमला लुँइटेल र स्याङ्जाका किरन गुरुङ रहेका छन्।

मानव तस्करको सञ्जालमा परेको आशंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077