Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कैलालीमा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

कैलाली । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

जिल्ला अधिवेशन अन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन्। उनले ११६९ मत पाएका छन्। सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन्।

अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ। तेस्रो भएका शेखर कोइराला पक्षका रामबहादुर कलेलले भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077