Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्धारा ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध

एजेन्सी । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै रुसले यो निर्णय गरेको हो ।

बेलायतले एयरोफ्लोट विमानलाई यहाँ अवतरण गर्न प्रतिबन्ध लगाएको थियो । जवाफमा रुसले ब्रिटिश एयरलाइन्सलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077