Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक मामिलामा नेपाललाई पहिलोपटक विवादित बनाउने काम भयो : राजेन्द्र लिङ्देन

कैलाली । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिने राजनीतिक दलका आलाकाँचा व्यवहारका कारण इतिहासमा पहिलोपटक वैदेशिक मामिलामा नेपाललाई विवादित बनाउने काम भएको बताएका छन् ।

सोमबार कैलालीको सुक्खडमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आम नागरिकको तहमा समेत बहस भइरहेको एमसिसी जस्तो संवेदनशील परियोजनालाई सत्ता गठबन्धन टिकाउने र भत्काउने विषय बनाएकोमा आपत्ति प्रकट गरेका छन् ।

'ठूला भनिने दलको गलत कार्यशैलीका कारण आज अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता कमजोर भएर गएको छ,' अध्यक्ष लिङ्देनले भने,'यसको क्षति कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन देशले व्यहोर्नुपर्ने छ ।'

कैलालीको लम्की र सुक्खडमा आयोजित आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरि ७ सयभन्दा बढी राजनीतिक व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077