Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिन्छौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सभामुख सापकोटाविरुद्ध महाअभियोग लगाउने विषयमा आफ्नो पार्टी सहमत नहुने बताए ।

यस्तै, कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी बैधानिक भएको दाबी गरे। नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताए।

आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको नेपालको भनाइ छ । ओलीमा देश शक्तिको भावना नरहेको नेपालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077