Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको जनाएको छ।

मंगलबार निगमलेएक विज्ञप्ति जारी गर्दै निगमले आईओसीबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो।

मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने स्थिति रहेको अनुमान गरेको छ ।

रसिया र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ। कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५ प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको निगमले उल्लेख गरेको छ।

यस्तो छ निगमको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077