Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेन-रुस विवाद : युक्रेनको राजधानीस्थित टीभी टावरमा रुसको आक्रमण, पाँचजनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी किभस्थित टेलिभिजन टावरमा रुसी सेनाले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी कम्तीमा ५ जनाको मृत्यु भएको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ ।

युक्रेनको गृह मन्त्रालयका अनुसार टीभी टावरमा भएको आक्रमणबाट केही उपकरणमा क्षति पुगेको छ। मन्त्रालयका अनुसार केही समयका लागि टेलिभिजन च्यानल पनि बन्द भएको छ । युक्रेनको विदेशमन्त्रालयले रुसले अहिले गरिरहेको आक्रमणलाई बर्बरताको संज्ञा दिएको छ ।

गत बिहीबारदेखि रुसले निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। यो आक्रमण अहिले मुख्य सहरमा केन्द्रित देखिएको छ।मंगलबार युक्रेनको दोस्रो ठूलो सहर खार्कोभमा केही ठूला विष्फोट भएको थियो।

यसैबीच युक्रेनी किएभस्थित एउटा गोप्य बङ्करबाट सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले 'युक्रेन अझै बलियो भएर लड्ने' बताएका छन् ।

यद्यपि रुसविरुद्ध जारी लडाइँको सामना गर्न 'युक्रेन एक्लैलाई गाह्रो हुने' उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077