Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसविरुद्ध लड्न ८० हजार युक्रेनी नागरिक स्वदेश फर्किए

एजेन्सी । युक्रेनका ८० हजार नागरिक स्वदेश फर्किएका छन् । रुसले अहिले गरिरहेको आक्रमणको प्रतिकार गर्न उनीहरु स्वदेश फर्किएका हुन् ।

युक्रेनको गृह मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ८० हजार नागरिक स्वदेश फर्किएका हुन् ।

यसरी फर्किनेमा धेरैजसो पुरुषहरु छन् र उनीहरु सेनामा भर्ती भएका छन् । त्यस्तै केही मानिसहरु भौगोलिक सुरक्षा बलमा भर्ती भएका छन् ।

युक्रेनले रुसको सामना गर्न सबै नागरिकलाई हतियार उठाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077