Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साँढे ७ मिनेटमै सकियो संसद बैठक, एमालेको नारावाजी कायमै

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक करिब साँढे ७ मिनेट बसेर सकिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो। बैठकको सुरुमै एमाले सांसदहरुले नाराबाजी गरेका थिए।

गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई 'राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८' गर्न समय दिएका थिए।

प्रतिवेदन पेश भएसँगै आगामी २२ गते सम्मका लागि बैठक स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077