Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस, बैठक फागुन २२ सम्मलाई स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन्।

बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077