Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद भवन अगाडि नक्कली प्रेसर कुकर बम राख्ने विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा नो एमसीसी लेखेर प्रेसर कुकर बम राखेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे भुम्लो गाउँपालिका -०२ सिमथली घर भइ हाल काठमाडौँ गौरिघाट बस्ने २१ बर्षीय सुवास महत रहेका छन्। महतलाई महाशाखाको टोलीले गौशालाबाट पक्राउ गरेको हो।

महत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको अनुसन्धानमा खुलेको महाशाखाको दावी छ । उनको साथबाट घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको FZ मोटर साईकल सहितको हेल्मेट, सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट र विभिन्न कम्पनीका ४ वटा मोवाइल समेत बरामद गरिएको महाशाखाको भनाइ छ।

उनी क्याम्पस इकाइ कमिटीका सदस्य रहेको महाशाखाले जनाएको छ । मोटरसाइकलमा आएका दुई जनाले दिउँसै सडकमा उक्त कुकुर छाडेर भागेका थिए। उक्त कुकर बम भएको हुनसक्ने आशंकामा नेपाली सेनाको टोलीले डिस्पोज गर्दा तर्साउनका लागि मात्रै राखिएको पाइएको थियो।

पक्राउ परेका उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077