काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गत फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक निर्णयहरु बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतको अध्यक्षमा पौडेलसहित सदस्यहरुमा रमेशकुमार पोखरेल, जमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।
[insert page='117110' display='yopanipadhnuhos.php']
यस्तै, सरकाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिमा पाँच जना सदस्य मनोनित गरेको छ । समितिमा दुर्गाप्रसाद भट्टराई, प्राडा कुसुम शाक्य, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गरेको हो।
यसैगरी, सरकारले विभिन्न प्रसारण लाइन आयोजनाहरुका लागि जग्गा प्राप्ति गर्न अधिकारी तोक्ने निर्णय समेत गरेको छ। जसअनुसार राजश्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोकिएको छ।
त्यस्तै, खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका- ११ कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्याललाई नियुक्त गरेको छ।
साथै, बैठकले एमसीसी अनुमोदन गर्न सघाएकोमा एमाले र सभामुखलाई धन्यवाद समेत दिएको छ।