Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कैलाली कांग्रेस अधिवेशन : सभापति चयन गर्न भोलि दोस्रो चरणको मतदान हुँदै, बमलाई कलेलले सघाउने

कैलाली । नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयन गर्न बिहीबार मतदान हुँदैछ । पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए । सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशत मत नआएकाले दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो।

अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ। यता, डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन् । कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका छन् ।

यस्तै उनले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार प्रकाश बमलाइ मत दिन आग्रह समेत गरेका छन् । दोस्रो चरणको पनर्वाचन बिहीबार बिहान सवा ८ बजेबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077