Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने भएको छ । सूचना तथा प्राविधि मन्त्रालयले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड-२०७८’ बनाएर ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउने भएको हो ।

फागुन ११ गते मन्त्रालयले यो निर्णय गरेको हो। निर्णय अनुसार अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजारका दरले भत्ता पाउने भएका छन्।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । ।

सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको भन्दै महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077