Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

डेढ क्विन्टल माछाका भुरा बरामद

कैलाली । कैलालीमा १५० किलो माछाका भुरा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले माछाका भुरा बरामद गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित पूर्वश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २०२–०३–००१–च २४५ नम्बरको पिकअप जिपलाई चेकजाँच गर्र्दा १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चालक जिल्ला सर्लाही ईश्वारपुर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय निर्मल कुमार सहनीले चलाएको जिपबाट बरामद गरिएका नेपालमा प्रतिबन्धित माछा बरामद गरिएको हो ।

उक्त बरामद गरिएका माछा स्थानीय भद्रभलादमी तथा जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077