Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रसंघको महासभामा रुसविरुद्ध उभियो नेपाल

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो।

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिएका हुन् । । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो।

राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन्। यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077