काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।
एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक ८ बजेदेखि धुम्बाराहीमा जारी छ ।