Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिणपूर्वी रोमानियामा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

रोमानिया । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ ।

IAR 330 Puma हेलिकप्टर, MiG 21 Lancer जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०:४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो। ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहेको छ।

विमानले यस क्षेत्रमा हवाई गस्ती मिसन सञ्चालन गरिरहेको थियो तर कन्ट्रोल टावरसँग २०:०३ मा रेडियो सम्पर्क गुमायो। मिग र यसको पाइलटको बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

खोज तथा उद्धार कार्य अझै जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077