काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस पर्वले नेपालीहरुमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।
'बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यसबाट मात्र संविधानले व्यवस्था गरेको समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ।' प्रचण्डले जारी गरेको शुभकामना संदेशमा भनिएको छ।
यस्तो छ प्रचण्डले जारी गरेको शुभकामना सन्देश: