Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गर्न माग

काठमाडौँ । नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ ।

स्काउट बचाउ अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान तदर्थ कार्यसमितिले स्काउटको मूल्य र मान्यताविपरीत काम गरेको आरोप लगाए  ।

'स्काउटको मूल्य, मान्यता र तालिमको मर्मविपरित राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्तालाई मात्र तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको देखिँदैन,'– उनले भने ।

स्काउटको केन्द्रीय कार्यालयलाई राजनीतिकको भर्तीकेन्द्र बनाइएको र नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरिएकामा आपत्ती समेत जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077