Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी लोकमार्गमा शंकास्पद वस्तु भेटियो, पश्चिमका सवारी साधन पूर्वतर्फ डाइभर्ट

विराटनगर । मोरङस्थित कोशी लोकमार्गमा एक शंकास्पद वस्तु भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार बिहीबार अपरान्ह कोशी लोकमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका ३ मा शंकास्पद वस्तु भेटिएको हो।

प्रेसर कुकरलाई रातो कपडाले बाँधेको अवस्थामा शंकास्पद बस्तु फेला परेको प्रहरीको भनाइ छ।

पश्चिमी सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारी साधनलाई पूर्वीसडकतर्फ डाइभर्ट गरिएको र घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077