Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मृगौला तस्करीमा सक्रिय हेटौंडाका लामा माछापोखरीबाट पक्राउ

    मृगौला तस्करीमा सक्रिय हेटौंडाका लामा माछापोखरीबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रहरीले मानव बेचबिखन तथा ओसार पसार उद्योग कसूरमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भइ हाल काठमाडौँ महानगरपालिका-४ बस्ने ३९ बर्षीय मोति लामा रहेका छन्।



    प्रहरीका अनुसार लामाले सोझासाझा नेपाली जनताहरुलाई तपाइँहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मृगौलाहरु हुन्छन् । एउटा मृगौला झिक्दा खासै फरक पर्दैन भन्दै मृगौला झिक्नको लागि भारत लैजाने गरेको अनुसन्धानमा खुलेको छ।



    साथै, पक्राउ परेका लामाले एउटा मृगौला बराबर आठ लाख रुपैयाँ समेत दिने गरेको प्रहरीको दाबी छ। उनलाई गोप्य सूचनाको आधारमा माछापोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले भारत लैजान तयार पारिएका दुईजना पीडितहरुलाई समेत उद्धार गरेको छ । लामामाथि मानब बेचबिखन तथा ओसार पसार उद्योग कसूर मुद्धामा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार