Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फार्मेसीका संचालकलाई बन्धक बनाई लुटपाट, ८ जनाको गिरोह प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय अपराध महाशाखाले जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनाको लुटेरा समूहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जुम्लाका २६ बर्षीय देबि प्रसाद धिताल, धादिङका ३० बर्षीय शंकर रेग्मी, डडेल्धुराका २८ बर्षीय हिक्मत महरा, कंचनपुरका २७ बर्षीय सुवास रतोकी रहेका छन्।

यस्तै, कञ्चनपुरका ३४ बर्षीय मिलन बोहरा, पाँचथरका ३२ बर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, दैलेखका २७ बर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठानका २१ बर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनार रहेका छन्।

महाशाखाका अनुसार गत फागुन १२ गते साँझ नँयाबजारस्थित समृध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधी बिक्री बितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि पसल संचालकलाई नियन्त्रणमा लिई पसलको काउन्टरबाट नगद लुटपाट गरेका थिए।

साथै, उनको साथबाट Samsung S20+ Mobile थान १, साथमा लगाएको घडी थान १, पसल संचालकको ६५ हजार नगद लुटपाट गरेका थिए। प्रहरीले उनीहरुको साथबाट मोवाईल ११ थान, घडी १ थान, नागरिता प्रमाण पत्र १ थान, .ATM कार्ड ५ थान र चेक २ थान समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077