Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पल शाह प्रकरणबारे साइबर ब्यूरोले भन्यो- युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं

काठमाडौँ । प्रहरीको साईबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने, पीडकलाई मानसिक असर पर्नेलगातयतबाट चरित्र हत्या गर्ने उद्देश्यले त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न/नगराउन हुन सबैमा अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने उक्त ब्यूरोले जनाएको छ ।

साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत सो ब्यूरोले जनाएको छ ।

पछिल्लो समय अभिनेता पल शाहविरुद्धको अभियोगमा युट्युब, टिकटक र सामाजिक सञ्जालहरुमा अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेहरुविरुद्ध सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077