Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नदी उत्खनका विषयमा प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रूपमा भइरहेको रोडाढुङ्गा तथा गिट्टी बालुवा उत्खननका विषयमा आदेश जारी गरेको छ ।

देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल असर गरेको भनी दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हाे ।

यस्तै, सर्वोच्चले नदी उत्खननका बारेमा अध्ययन गर्न बहालवाला सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न समेत आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077