Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको चेतावनी : पुटिनका ८० प्रतिशत सेना युक्रेनमा छन्, उनीहरुलाई हामी यहिँ गाडिदिन्छौं

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिका सल्लाहकार एलेक्सी एरिस्तोविकले सामाजिक सञ्जालमा लामो वक्तव्य सार्वजनिक गर्दै विशेष ख्याल गरेर तयार पारिएको योजना अनुसार सामना गरेकाले आफूहरुले सफलता पाइरहेको उल्लेख गरेका छन् ।

एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक विशेष रणनीति बनाएका छौं, जुन कारण र प्रभावमा आधारित छ।’

उनले युक्रेनको सेना र जनताको प्रतिरोधले रुसको युद्ध मेसिन नै ध्वस्त पारिदिने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘रुसको सेना बलियो छैन केवल विशाल छ ।’

उनले विदेशी रक्षा अधिकारी पनि युक्रेनी सेनाको शक्ति र नेतृत्व देखेर अहिले चकित बनेको उल्लेख गरेका छन्। उनले भने, ‘पुटिनका १० मध्ये ८ सैनिक यहाँ छन्, हामी उनीहरुलाई यहीँ जमिनमुनि गाडिदिन्छौं।’

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ९ दिन पूरा भइसकेको छ । आफ्नो प्रतिरक्षाको लागि युक्रेनसँग धेरै समय नभए पनि युद्धक्षेत्रमा सफलता हात पारिरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077