काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।
शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।
सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ ।