Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाको दाबी-'युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने'

एजेन्सी । युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने अमेरिकाले दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेनले रुसी आक्रमणलाई परास्त गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका हुन् ।

युद्ध कति लामो चल्नेछ भन्न सक्ने अवस्था नरहेको बताउँदै ब्लिंकनले युक्रेनको जीत हुनेमा विश्वास रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘यदि रुसको चाहना हालको सरकारलाई हटाएर युक्रेनमा आफू अनुकूल कठपुतली सरकार स्थापित गर्ने हो भने चार करोड ५० लाखभन्दा बढी युक्रेनी नागरिकले कुनै न कुनै रुपमा त्यसलाई अस्वीकार गर्नेछन्।’

उनले युक्रेनी नागरिकको प्रतिरक्षा क्षमताको प्रशंसासमेत गरे । रुसी राष्ट्रपति पुटिनको योजनाअनुसार युद्ध अघि नबढेको हुन सक्ने ब्लिंकनले बताए । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077