Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाचार संकलनमा खटिएको टोलीमाथि युक्रेनमा आक्रमण

एजेन्सी । रुसले युक्रेनमा समाचार संकलनमा खटिएको ब्रिटेनको समाचार च्यानल स्काई न्यूजको एक टोलीमाथि आक्रमण गरेको छ । मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो ।

तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ । स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ ।

भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् ।

स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ । यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077