Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टरबाट पनि ढुवानी गरिने, कम्पनी सूचीकृत गर्न आग्रह

काठमाडौं । स्थानीय तहको निर्वाचनमा मतपत्रलगायत निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ । सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्न लागिएको हो ।

निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टर, ट्रक, कन्टेनरबाट ढुवानीका लागि फर्म/कम्पनी सूचीकृत गर्न आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीहरू ढुवानी गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ बमोजिम हेलिकोप्टर, ट्रक र कन्टेनरबाट ढुवानी गर्न तथा कुरियर सेवा सञ्चालन गर्ने फर्मरकम्पनी सूचीकृत गर्नुपर्ने भएकाले सो सूचना जारी गरेको आयोगले जनाएको छ ।

हेलिकोप्टर भाडामा लिन करिब ३ करोड खर्च हुनेछ। यस्तै ट्रकरकन्टेनर भाडामा लिन एक करोड तथा कुरियर सेवाका लागि ३० लाख खर्च हुने बताइएको छ। २०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077