Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाइडेन र जेलेन्स्कीबीच टेलिफोन वार्ता, रुसमाथि थप प्रतिबन्ध लगाउने बारे छलफल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन कुराकानी भएको छ ।

रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ देखिआक्रमण थालेपछि जेलेन्स्की लगातार विश्वका विभिन्न देशका नेताहरुसँग निरन्तर छलफल गरेका छन् ।

बाइडेनसँगको टेलिफोन संवादको क्रममा युक्रेनको हालको सुरक्षा अवस्था तथा सुरक्षा एवम् आर्थिक सहायताका सम्बन्धमा छलफल भएको जेलेन्स्कीले ट्वीटमार्फत जानकारी दिएका छन् । आफूहरुको संवादमा रुसमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् ।

टेलिफोन वार्तामा बाइडेनले आफ्नो प्रशासन युक्रेनलाई सुरक्षा, मानवीय तथा आर्थिक सहायता थप गर्न प्रतिबद्ध रहेको बताएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले थप सहयोग सुनिश्चित गर्न आफ्नो प्रशासनले सदनसँग सहकार्य गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077