Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस, विशेष अभियान सुरु गरिने

    स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस, विशेष अभियान सुरु गरिने

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

    कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारा दिएको छ ।



    सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरिसकेको छ । कांग्रेसको ३ फागुनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै एक महिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।



    कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन लक्षित एक महिने अभियान कार्यक्रमको खाका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तयार गर्दै गरेको जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार