Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय भोलिसम्मका लागि स्थगित भएको छ।

यसअघि आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेलाई सरेको थियो। संसद बैठक पनि आजै परेको र आन्तरिक छलफल अलिक नपुगेको भन्दै आजको बैठक स्थगित गरेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने तय भएको थियो। यसअघि पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । अब भोलि बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077