Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको बितण्डा कति सहने ? संसद भंग गरेर 'अर्ली इलेक्सन'मा जाऔं : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर 'अर्ली इलेक्सन'मा जानुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भने,'केपी ओलीको बितण्डा कति सहने ।  हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,' नेपालले भने, 'त्यसैले अब संसद् भंग गरौं, संसद् पनि रहन्न ओलीको बितन्डा पनि रहन्न । अब सबै इलेक्सनमा जाऔं ।'

आइतबरको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमालेले संसदमा नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077