Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्युटीमा रहेका प्रहरी जवानले चलाए आफैँमाथि गोली, उपचारका लागि काठमाडौँ पठाइयो

धनगढी । कैलालीको प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले शनिबार राति ड्युटीमा रहेका बेला आफैंमाथि गोली चलाएका हुन्।

डिउटीमै रहेका बेला उनले रातको करिव १ बजेको समयमा आफैले आफैमाथि बन्दुक चलाएका हुन्','प्रहरी स्रोतले अनलाइन नेपालसँग भन्यो,' उनको चिउडोमा गोली लागेको छ।'

उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको कैलाली प्रहरीले जनाएको छ । अहिले उनी खतरामुक्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077