Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिसा र पासपोर्टविनै विमान चढेको घटना : छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । पासपोर्ट र भिसा नभएको व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानभित्रै पुगेको घटनाको अनुसन्धानका लागि गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाएका हुन् । फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षामाथि प्रश्न उठेको थियो ।

गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते समिति गठन भएको विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो । समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’उनले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’ पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077