Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसमा भएको युद्धविरोधी प्रदर्शनमा ६ सय भन्दा बढी पक्राउ

एजेन्सी । रुसमा भएको युद्धविरोधी प्रदर्शनमा सयौं पक्राउ परेका छन् ।

निगरानी समूह ओभीडी-इन्फोका अनुसार ६०० भन्दा धेरै प्रदर्शनकारीहरू रुसका २१ शहरहरूमा पक्राउ परेका हुन् ।

उक्त समूहले स्थानीय सञ्चार स्रोतहरूलाई उद्धृत गर्दै साइबेरियाको सहर नोभोसिबिर्क्समा मात्र २०० भन्दा धेरै मानिसहरू पक्राउ परेको जनाएको छ ।

जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा भइरहेको युद्धको विरोधमा प्रदर्शन गर्न आह्वान गरेका थिए । नभाल्नीले मस्को र सेन्ट पिटर्सबर्गसहितका रुसी शहरका मुख्य स्क्वायरहरूमा प्रदर्शन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077