Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई/दुई गोल गरेका हुन् । भने युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए थिए ।

जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । सिटीको २८ खेलबाट ६९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077