Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उच्च अधिकारीको पेलाइमा साना कर्मचारी, एउटै पदमा १२ वर्षसम्म जागिर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्।

वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन्। तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताए।

तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप-सचिवसम्मका दर्जनौं कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ।

एक उप-सचिवले भने-'आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन्। आफूभने १२ वर्षदेखि उप(सचिवमै बस्न बाध्य छु।' नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077