Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजारमा खानेतेलको कृत्रिम अभाव, चर्को मूल्य तिर्नुपरेको गुनासो

    बजारमा खानेतेलको कृत्रिम अभाव, चर्को मूल्य तिर्नुपरेको गुनासो

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । बजारमा खानेतेलको कृत्रिम अभाव भएको उपभोक्ताको गुनासो छ । खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

    हाल रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपालमा खाद्य वस्तुमा समेत परेको छ । ठूला व्यापारी र उद्योगीको मिलेमतोमा खानेतेलको कृत्रिम अभाव गराइएको, माग अनुसार नपाइने र पाइहाले पनि चर्को मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् ।



    आइतवार काठमाडौंको कालीमाटीमा खाद्य वस्तु किनमेल गर्न आएकी रीता बस्नेतले खानेतेल किन्न ६ ओटा पसल चहार्नुपरेको सुनाइन् । ‘जुन पसलमा गए पनि तेल छैन, सकिएको छ भन्छन्, बल्लतल्ल ४ लिटर तेल पाइयो,’ उनले भनिन् ।



    बजारमा खानेतेलको अभाव हुनुमा सबैभन्दा बढी थोक व्यापारी र उद्योगी जिम्मेवार रहेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए । आर्थिक अभियानमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार