Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पल प्रकरण: रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा साइबर ब्यूरोको फन्दामा

    पल प्रकरण: रेखा थापालाई गालीगलौज गर्ने शर्मिला वाइबा साइबर ब्यूरोको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरीको साइबर ब्यूरोले अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा शर्मिला वाइबालाई पक्राउ गरेको छ।

    उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।



    अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई वाइबाले गालीगलौज गरिएको उजुरीमा उल्लेख छ ।



    वाइबामाथि आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको ब्यूरोका प्रवक्ता एवं एसएपी नबिन्द अर्यालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार