Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ३५ हजार धरौटी तिरेर २८ दिनपछि हिरासतमुक्त भइन् शर्मिला वाइबा

    ३५ हजार धरौटी तिरेर २८ दिनपछि हिरासतमुक्त भइन् शर्मिला वाइबा

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 864
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबा हिरासतमुक्त भएकी छिन् ।

    काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । उनी २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी हुन् ।



    म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।



    प्रहरीले उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो । ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै छुटेको बताइएको छ ।

    गत फागुनमा सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए ।

    रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार