Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

    शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    जिल्ला अदालत काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।



    शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।



    घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए ।

    वाइबाले युट्युबमार्फत् विभिन्न व्यक्तिहरुको मानमर्दन र चरित्र हत्या गर्दै आएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार