Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विवादास्पद महिला शर्मिला वाइबा पक्राउ

    विवादास्पद महिला शर्मिला वाइबा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 4.1K
    SHARES

    काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

    कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार शर्मिलालाई बाह्रबिसेबाट पक्राउ गरेको हो।



    काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।



    केही दिन अघि शर्मिला वाइबा, पवन खतिवडाकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए ।

    कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए।

    कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए। उनलाई काठमाडौं ल्याइँदैछ।

    वाइबाले युट्युबमार्फत् विभिन्न व्यक्तिहरुको मानमर्दन र चरित्र हत्या गर्दै आएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार