Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फेसबुकमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा २४ बर्षीय दिपु पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर उपमहानगर-२१ बस्ने २९ बर्षीय दिपु भनिने विकास महर्जन रहेका छन्।

ब्यूरोका अनुसार पक्राउ परेका महर्जनले फेसबुक र इन्स्टाग्राममार्फत् नाबालिकाको अश्लिल तस्बिर तथा स्टाटस सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरी धम्क्याउने गरेका थिए।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077